चाउचाउ उद्योगको गोदाममा आगलागी

रत्ननगर २५ जेठ । पूर्वी चितवनको रत्ननगर १४ पिठुवाका रहेको चाउचाउ उद्योगको गोदाममा शनिवार विहान आगलागी भएको छ । विहान साढे १० बजे एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले विद्युत् सर्ट भएर प्लाष्टिकको बोरा राखेको गोदाममा आगलागी भएको जानकारी दिए । आगो स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगोलागी बाट भएको क्षतिको विबरण उद्योग सञ्चालनकले प्रहरीलाई अहिले सम्म जानकारी गराएको छैन ।