खोलेसिमल बजारमा चितवनमै पहिलो थ्रीडी प्रिन्टिङ सेवा सुरु (फोटाे फिचर)

चितवन । पुर्बि चितवनको कालिका-६ खोलेसिमल बजारमा चितवनमै पहिलो थ्रीडी प्रिन्टिङ सेवा सुरु गरिएको छ । आज बाट शुभारम्भ गरिएको “डि.डब्लु.के. क्रियसन” नामक पसलबाट विभिन्न थ्रीडी डिजाईन र प्रिन्ट गरिने सञ्चालक दिपेश खनालले जानकारी दिए ।

चितवनमा नै पहिलो पटक मोबाइल कभरमा थ्रीडी प्रिन्ट गरिने सेवा थालनी गरिएको उनले बताए । मोबाइलका अतिरिक्त कप, टि-सर्ट, कुसन, कि-रिङ, फोटाे फ्रेम, टायल, तथा घडीमा पनि फोटाे,चित्र तथा मनमोहक दृश्यहरु राखेर थ्रीडी प्रिन्ट गर्न सकिने खनालले जानकारी दिए ।
करिब रु.१० लाखको लगानीमा सुरु गरिएको सो थ्रीडी प्रिन्टिङ सेवाबाट चितवन र आसपासका जिल्लामा समेत अनलाइन मार्फत अर्डर लिई सेवा प्रदान गर्न सकिनेे  उनले बताए ।