
चितवन,जेठ २०-
निर्माणधिन अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका मुद्धा फाँटका प्रहरी निरीक्षक राजकुमारथापाका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जानकारी दिए ।
जमानीमा छुट्नेमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ छन् ।