
काठमाडौं । प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा आएको छ । गीत सार्वजनिक भएको ६ दिनपछि उक्त गीत ट्रेन्डिङ नम्बर एकमा आएको हो । शनिवार दिउँसोसम्म यस गीतलाई ४८ लाखभन्दा बढी पटक हेरिएको छ ।
कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति र जीवन्त अभिनयले दर्शक गीतमा लठ्ठ हुन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन् ।