काठमाडौँ । सरकारी जागिर खान चाहनेका लागि लोकसेवा आयोगले आज बुधवार ठूलो अवसर सहितको विज्ञापन गरेको छ ।
एकैसाथ देशका विभिन्न स्थानीय तहमा ९ हजार १ सय ६१ पदको विज्ञापन खोलेको छ । प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौँ र छैटौँ तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको लोकसेवा आयोगले जनाएको छ ।
आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न विभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको जनाएको छ । देशभरका ५५५ स्थानीय तहले १४ हजार ६ सयको सङ्ख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भए तापनि आयोगले हालका लागि ९ हजार १ सय ६१ कर्मचारी सङ्ख्यामा मात्र भर्ना आह्वान गरेको हो ।
हेनुस् लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन

लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापन हेर्न
www.psc.gov.np खोल्नु होला ।