अमेरिकी विश्वविद्यालयमा पत्रकार तथा डकुमेन्ट्रि निर्दशक मरहट्ठाको पुस्तक

लस एन्जलस । नेपाली स्वतन्त्र लेखकको पुस्तकलाइ पहिलो पटक अमेरिकी विश्वविद्यालयले इन्डोर्स गरेको छ । पत्रकार तथा डकुमेन्ट्रि निर्दशक किरण मरहट्ठाको पुस्तक“नेपाली हु इज हु इन द युएसए” क्यालिफोर्नीया स्टेट युनिभर्सीटी, लस एन्जलसले इन्डोर्स गरेको हो । करिब २५ हजार विद्यार्थी भएको यो विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित मानिन्छ ।

विश्वविद्यालयको प्रोफेसनल तथा इनटरनेशनल एजुकेशनका उपाध्यक्षतथा डिनजित जोशीले होस्ट गरेको कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, नेपालीअवैतनिक राजदुत रिषी ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष केशवपौडेल र डिन जोशीले संयुक्त रुपमा विमोचन गरेका थिए । विश्वविद्यालयका डिन जित जोशीले नेपाली हु इज हुुूूूूू, आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गरे । उनले बिधार्थी र अनुसन्धातालाइ उपयोगी हुने पुस्तक भएकोले आफ्नो विश्वविद्यालयले इन्डोर्सगरेको जानकारि दिए । ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पु–याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन’ जोशीले भने । एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भुमीमा गरेको संधर्ष र सफलताको दस्तावेज भएको बताए ।

‘नेपाली हु इज हु आजको पुस्ताको सजिव कहानी हो र नयाँ पुस्ताको लागी प्रेरणा हो’उनले भने । अवैतनिक महा बाणिज्यदुत रिषी ढकालले पुस्तक तयार पार्नक्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा गर्दै नेपाली हु इजहुलाइ अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सहहनीय भएको बताए ।‘यो पुस्तक आफैमा एक सन्दर्भ सामग्रीहो’े ढकालले टिप्पणी गरे । पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधि मुलक कथाहरु समेटिएका छन् । लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पुरा हुन नसकेको जानकारि दिए । ‘नेपालीको प्रगतिको कथालाइ अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनिहरुलाइ समेट्ने कोसिश गर्नेछु’उनले भने । पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए ।

कार्यक्रममा महिला उद्यामी यमुना भट्टराइ, अनुसुयावन्त, र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए । सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हुइजहु नेपाली डटकम – www.whoiswhonepali.com  मा अनलाइन किन्न सकिन्छ । नेपाली लेखकलाइ अमेरिकी विश्वविद्यालयले होस्ट गरेको यो पहिलो पटक हो । एबिसि टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी विख्यात फुटबल खेलाडी लियोनेल मेसी र बार्सीलोना फुटबल क्लबको बारेमा बनेको “मेसी द म्यान एट बार्सा” डकुमेन्ट्रिका निर्दशक पनि हुन् । हाल पुस्तको प्रवर्धनमा सक्रिय मरहठाले न्यूयोर्कबाट टेलिफोनमा भने, “पाठकको प्रतिकृयाबाट ज्यादै उत्साहित छु, यो मेरो ड्रिम प्रोजेक्ट थियो । ”शिकागोमा किताबको प्रवर्धनात्मक कार्यक्रम तथा लेखकसंग अन्तक्रियाअगामि जुन ९ तारिख आयोजना गरिएको छ । त्यसैगरि अन्य ५ शहरहरु र ४ वटा विश्वविद्यालय हरुमा पनि लेखकसंग अन्तक्रिया आयोजना गरिएको उनले जानकारि दिए । बासिगंटन डिसिमा यसअघि नै विशाल बिमोचन सम्पन्न भएको थियो । एसिया प्यासिफिक अमेरिकन ककसले आयोजना गरेको कार्यक्रममा सिनेटर क्याथी, डेमोक्रेटिक पार्टी अध्यक्ष माया रोकिमुरे र नेपाली राजदुत अर्जुन कार्कीले संयुक्त रुपमा बिमोचन गरेका थिए । कार्यक्रममा नेपाली मुलका अमेरिकी राज्य संसद हरि भण्डारिले पुस्तकलाइ सन्दर्भ समाग्रीको रुपमा प्रयोग गने विभिन्न विश्वविद्यालय तथा स्कुललाइ अनुरोध गर्र्ने जानकारि दिए ।गत आइतबार न्यूयोर्कमा आयोजित युनाइटेड नेपाली सम्मेलनमा पनि किताबको प्रवर्धनात्कम कार्यक्रम सम्पन्न गरिएको थियो ।