
चितवन । बिप्लब माओवादीको आजको नेपाल बन्दको कारण चितवन सहित देशभर बन्दको प्रभाव देखिएको छ । बन्दको कारण यातायात, स्कुल, कलेज, बैंक, पसल लगाएत प्रभावित भएका थिए ।
पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो ।
महोत्तरीको बर्दिवास नगरपालिका कार्यालयनजिक सोमबार बिहान फेला परेकाे कुकर बम सेनाले निष्क्रिय पारेकाे छ।पूर्वपश्चिम राजमार्ग छेउस्थित नगर कार्यालयको मूल गेटनजिक कुकर बम भेटिएकाे थियाे।
पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ ।सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।