
चितवन । पुर्बी चितवनको कालिका नगरपालिका वडा नंं १ लंकालाइन स्थित रास्ट्रिय आधारभुुत बिधालयमा गएराति चोरी भएको छ ।
बिधालयको ढोकाको ताला फुटाएर राती चोरी भएको बिधालय ब्ययबस्थापन समितिका अध्यक्ष राजु राईले जानकारी दिए । बिधालयको दराज पनि फुटाईएकाे छ । प्रीन्टर, ३२ इन्चको एलईडी टिभि र नगद रू ३ हजार चोरी भएको राइले जानकारी दिए । ति सामान किनेर स्कुलमा राखेको मात्र थियाैै, प्रयोग गर्नै नपाइ चोरी भयो उनलेे भने । बिहान ९ बजेे स्कुल खोल्ने क्रममा मात्र चोरी भएको थाहा पाएकाे उनले बताए ।
घटनाको अनुसन्धान भै रहेकोे र दोषी पत्ता लगाइ कारबाही गरिने ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए । पुर्बी चितवनमा चोरी लगायतका घटना नियन्त्रणका लागि प्रहरीहरु रातमा पनि परिचालन गरिएको उनले जानकारी दिए ।