खोलाले बगाउँदा बालिकाको मृत्यु

भोजपुर । अरुण गाउँपालिका, याकुमा खहरे खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ ।

२५ वर्षीया शर्मिला श्रेष्ठकी ६ वर्षीया छोरी सन्दीपाको मृत्यु भएको प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

आमासँगै घर फर्किदै गरेकी बालिकालाई खहरे खोलाले बगाएको हो । बालिकाकी आमाले मृतककी ३ वर्षीय भाइ र झोला बोकेको र सन्दीपा एक्लै हिड्ने क्रममा खोलाले बगाएको प्रहरीकाे भनाइ छ ।

आवश्यक कानुनी प्रक्रिया पुर्याई पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल लगिएको इन्सपेक्टर पाण्डव राजवंशीले बताएका छन् ।