चितवनको राप्तीमा भेटिएकि बेवारिसे महिलाको निशुल्क उपचार

चितवन । चितवनको राप्ती नगरपालिका ७ खुरखुरेमा गत जेठ २ गते भेटिएकि बेवारिसे महिलाको निशुल्क उपचार गरिएको छ । स्थानिय समाजसेवी केदार आचार्यको पहलमा नाम ठेगाना खुल्न नसकेकीी सो महिलाको उद्धार गरि नारायणी सामुदायिक अस्पताल भरतपुर पुर्याईएको थियो ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार ती महिलाको युरिनमा इन्फेक्सन देखिएकाे आचार्यले बताए । उनको डा. सुनिल कुमार शाह र डा. किशोर गौतमले उपचार गरेका थिए । नारायणी सामुदायिक अस्पतालमा भर्ना गरि उपचार गरिएकी महिला को उपचारमा लागेको खर्च अस्पतालले निशुल्क गरि दिएको छ । उनको उपचारमा रु २५ हजार भन्दा बढी खर्च भएकोमा सम्पूर्ण खर्च निशुल्क गरिएको अस्पतालका सिइयो तिलक न्योपानेले बताए ।

अस्पतालले उनको उपचार निशुल्क गरिदिए पछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशील सिं राठाेरकाे पहल र समाजसेवीी ममता शर्मा न्योपानेको समन्वयमा हिजो ती महिलालाई चितवन मानव सेवा आश्रममा जिम्मा दिई राखिएको समाजसेेवी आचार्यले जानकारी दिए ।