
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा शुक्रबार प्रहरीमाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रदेश सांसद कृष्ण खनालकै उपस्थितिमा भएको आगजनीको प्रयासको क्रममा आगोले जलेर डिउटीमा खटिएकी महिला प्रहरी कल्पना पौडेल घाइते भएकी छन् ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ । यसअघि घटना भएकै दिन प्रहरीले रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीलाई पक्राउ गरेको थियो । आगजनीको भिडियाको हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।