चितवनमा ६ महिने निशुल्क सिलाइ कटाइ तालिम सम्पन्न

चितवन । कोमल हृदय प्रतिष्ठान काठमाडौको आयोजनामा संचालित ६ महिने निशुल्क सिलाइ कटाइ तालिम आज सम्पन्न भएको छ । कालिका वडा नं. ६ क्लवचोकमा संचालित सो तालिममा वडा नं. ६ र ७ का २० जना असहाय र विपन्न महिलाहरुको सहभागीता रहेको थियो । सो निशुल्क तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निशुल्क सिलाइ मेशिन समेत प्रदान गरिएको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडीले सहभागी हरुलाई प्रमाणपत्र र सिलाइ मेशिन प्रदान गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष डिल्लीराम दवाडी, संस्थाका कार्यक्रम संयोजक शोभा ढकाल, संस्थाका सचिव जगदिश पोख्रेल, कार्यक्रम सुपर भाइजर ईश्वर कुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, प्रशिक्षक चाँदनी चेपाङ, सहभागी ललिता तमाङ, आत्मनिर्भर महिला समूहकी अध्यक्ष शर्मिला बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिकाको जुटपानी क्षेत्रका २० जना, सिद्धि क्षेत्रका ३० जनालाई यस प्रकारको तालिम उपलब्ध गराइसकेको थियो । संस्थाले यस अगाडि विपन्न वस्त् िहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल कलगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको संस्थाका सुपर भाइजर ईश्वर कुमार श्रेष्ठले जानकारी दिए ।