मिष्टर एण्ड मिस चितवन एसइइ द्धारा रंगशालालाइ सहयोग

चितवन । यस बर्षको मिष्टर एण्ड मिस चितवन एसइइ २०१९ का सहभागिहरु द्धारा धुर्मुस सुन्तली फाउण्डेशनको सहकार्यमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाइ नगद ९ हजार ९ सय ९९ सय रुपैया सहयोग गरेका छन ।
मञ्जरी ग्रुप , मञ्जरी स्कुल अफ मोडलिङ्ग तथा मञ्जरी इन्टर नेशनलनलको आयोजनामा हरेक बर्ष आयोजना हुने सो प्रतियोगिताका करिब ३५ जना सहभागिले क्रिकेट रंगशाला निर्माणस्थलमा गएर नगद हस्तान्तरण गरेका हुन ।
मञ्जरी का अध्यक्ष बिशाल एच आलेको , धुमुर्स सुन्तलि फाउण्डेशनको तर्फ वाट रंगशालाका अभियान्ता सिताराम कट्टेल धुर्मुस को उपस्थितीमा नगद रकम हस्तान्तरण गरिएको हो ।
पछिल्लो पटक युवामा क्रिकेटको मोह तथा देशको गौरव बोकेर निर्माण हुन लागेको रंगशालालाइ युवाको महत्वपुर्ण सहयोग रहने भन्दै सहभागिहरुले सहयोगको लागी अपिल गरेका हुन । सहभागिले विभिन्न समुह संकलन गरेको रकम रंगशालालाइ प्रदान गरिएको मञ्जरीका अध्यक्ष बिशाल एच आलले बताए ।
मञ्जरी ले आयोजना गर्ने हरेक कार्यक्रम वाट केहि रकम सामाजिक सेवामा खर्च गदै आइरहेको अध्यक्ष आलले बताए । उनका अनुसार अझै केहि रकम भरतपुर ११ बसेनीमा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्र लाइ प्रदान गरिने छ ।
युवामा समाजसेवा प्रति जागरुप बनाउन सहायोग गरेको तथा रंगशाला निर्माणमा सहभागिता जनाएकोमा सहयोग रकम लिदै धुर्मुस सुन्तली फाउण्डेशनका तर्फ वाट सिताराम कट्टेल धुर्मुसले धन्यवाद ज्ञापन गरे ।

मञ्जरीले एसइइ प्रतियोगिता गरेको यो तस्रो पटक हो । मिष्टर एण्ड मिस चितवन एसइइ २०१९ को अन्तिम प्रतियोगिता आगामी जेठ ११ गते भरतपुर क्यान्सर अस्पतालमा हुनेछ । प्रतियोगिताको लागी अहिले प्रज्ञा तिवारी बराल , चन्दन बिश्वकर्माले प्रशिक्षण दिइरहनु भएको कार्यक्रम संयोजक कपिलले आलेले बताए ।