ढकालको रिहाइ माग, शैक्षिक हडताल गर्दै विप्लव ,बार एशाेसिएशनको पनि आपत्ति (विज्ञप्ति)

काठमाडाैँ । विप्लव निकट अखिल (क्रान्तिकारी) संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै यहि जेठ ५ गते शैक्षिक हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार अनामनगर स्थित ११ बिधार्थी संगठनको एक कार्यक्रम सहभागी ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

ललितपुर बार एशाेसिएशनको पनि आपत्ति

ललितपुर बार एशाेसिएशनले पनि एक बिज्ञप्ति जारि गर्दै ढकालको तत्काल रिहाईको माग गरेको छ । ललितपुर बार एशाेसिएशनका कार्य समिति सदस्य अधिबक्ता चिरञ्जीवी ढकाललाई गैर कानुनी रूपमा पक्राउ गर्नु कानुनी राज्यको बिपरित भएको बताइएको छ । जिल्ला सचिव ज्ञानेन्द्र नेपाल द्वारा जारी बिज्ञप्तिमा कानुन ब्यबसायी लाई पक्राउ गरेकोमा छानबिन गरि दोषीलाई कारर्बाहि र ढकालको बिना सर्त तत्काल रिहाई माग गरिएको छ ।