सिर्जना स्कुलमा चितवनमै पहिलोपटक अन्तर विद्यालय परम्परागत सीप तथा कला प्रतियोगिता

चितवन ।  शिक्षालाई परम्परा, संस्कार, नैतिकता तथा सिर्जनसिलता सग जोड्ने पबित्र उदेश्यबाट प्रेरित भइ आफ्ना गतिविधिहरु संचालन गर्दै आएको भरतपुर -९, शरदपुर स्थित सिर्जना स्कुलले अन्तर स्कुल परम्परागत सीप तथा कला प्रतियोगिता सम्पन्न गरेको छ । बैशाख २० गते हुनेगरी तय भएको कार्यक्रम खराब मौसमका कारण आज बैशाख २७ गतेको लागि सारिएको थियो ।

चितवन तथा नवलपुरका कुल १९ वटा बिद्यालयका ७६ जना बिद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताले महोत्सवको रुप लिएको थियो । वडा न ९ का नौ वटा टोलसुधार समितीबाट निर्णायकहरु निम्त्याइएको उक्त प्रतियोगितामा सालको पातको दुना टपरि गास्ने, रुमाल बनाउने, माटोको भाडा बर्तन बनाउने तथा कपासको बत्ती कात्ने प्रतियोगिता समाबेश थिए । भरतपुर महानगरपालिका वडा न ९ का अध्यक्ष यमलाल कडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यार्थीहरुलाइ बिधागत रुपमा र बिधालयलाई समुहगत रुपमा पुरस्कृत गरिएको थियो । उक्त अबसरमा सालको पातको टपरी गास्ने प्रतियोगिता तर्फ गैंडाकोट इङ्लिस स्कुलकी स्तुति पन्त प्रथम, नारायणी नमूना स्कुलका माधबी सिग्देल द्वितीय तथा स्काइराइडर स्कुलकी अनिशा पौडेल तृतीय भएका थिए ।

कपासको बत्ती कात्ने प्रतियोगितामा बिजय सामुदायिककि अस्मिता गौतम प्रथम, स्काइराइडर स्कुलकी प्रीतिका अधिकारी द्वितीय तथा कन्टिनेन्टल स्कुलकी रिया न्यौपाने तृतीय भएका थिए । माटोको परम्परागत भाडाबर्तन बनाउने प्रतियोगिता तर्फ उषा स्कुलका सरोज बिक प्रथम, चितवन इङ्लिस स्कुलकी स्वेच्छा भट्टराई द्वितीय तथा अरोमा स्कुलकी नभ्या केसि तृतीय बनेका थिए । यता रुमाल बनाउने प्रतियोगिता तर्फ भने कन्टिनेन्टल स्कुलका लक्षिता मल्ल प्रथम, चितवन इङ्लिस स्कुलकी इसा तमाङ द्वितीय तथा बालकुमारी स्कुलकी एन्जिसा चौरासिया तृतीय भएका थिए। बिधालयका प्राचार्य नारायण गौतमको सभापतित्वमा सम्पन्न समापन समारोहमा समुहगत प्रथम बनेको कन्टिनेन्टल स्कुल, द्वितीय बनेको बालकुमारी स्कुल तथा तृतीय बनेको गैंडाकोट इङ्लिस स्कुल लाई ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । यता बिधागत रुपमा पुरस्कृत बिद्यार्थीलाई भने मेडल, प्रमाणपत्र तथा स्कुल डायरी प्रदान गरिएको थियो ।

समापन अबसरमा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष यमलाल कडेलले बिधालयले उदाहरणीय काम गरेको र बिधालयसग सहकार्य हुने गरेको स्मरण गर्नुभयो । उक्त अबसरमा बिधालयका प्रमुख कार्यकारी अधिकृत प्रेम शर्माले स्वागत मन्तब्य राख्दै सिर्जना स्कुलले चितवनमा यसखालको कार्यक्रम पहिलोपटक गरेको जिकिर गर्नुभयो । विद्यालय तथा कार्यक्रमका संयोजक जीवन दवाडीले गत वर्ष आमाको नाममा पत्र लेखन तथा बाचन प्रतियोगिता सम्पन्न गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउनु भयो ।

उक्त अबसरमा विद्यालयका प्राचार्य नारायण गौतम तथा सह प्राचार्य सागर अधिकारीले प्रमुख अतिथी, अतिथि तथा निर्णायकहरुलाइ मायाको चिनो बितरण गरि सम्मानित गर्नुभएको थियो ।