होटल प्रेसिडेन्ट सेकुवाको नयाँ शाखा महाराजगन्जमा बिस्तार

काठमाडौँ ।   होटल प्रेसिडेन्ट सेकुवाले आफ्नो नयाँ शाखा संञ्चालनमा ल्याएको छ । स्वभाविक मेनु र हाईजेनिक फुड, न्युन रकममा स्टार लेवलको सुविधा दिने उदेश्यका साथ काठमाडौको महाराजगन्जस्थित होटल प्रेशिडेन्ट सेकुवाले आफ्नो नयाँ शाखा संञ्चालनमा ल्याएको हो ।

२०६३ सालदेखि सुन्धारा सञ्चालनमा आएको यो होटलले अहिलेसम्म प्रत्यक्ष रुपमा १५० र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारको सेवा प्रदान दिदै आएको होटल प्रेशिडेन्ट सेकुवाका अध्यक्ष शंकर भण्डारीले बताउनुभयो ।

होटलले नेपालमै रोजगार सिर्जना गरी आयआर्जनमा लाग्न पनि सबैलाई अनुरोध गरेको छ । साथै होटल प्रेशिडेन्ट सेकुवाले धुर्मुश सुन्तली फाउन्डेशनलाई चितवनमा रंगशाला बनाउनका लागि ७५ हजार पनि प्रदान गरेको छ । धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेललाई आजै सो रकम हस्तान्तरण गरिएको हो ।

बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरुको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा बिस्तार गरेको अध्यक्ष शंकर भण्डारीले बताउनुभयो।
प्रेसिडेन्टको राजधानीमा ६ वटा तथा भ्याली बाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा छ । यो शाखामा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । जसमा प्रेसिडेन्टको स्वाद लिन आउने ग्राहकवर्गहरुलाई आर्कषित गर्न अध्यक्ष भण्डारीको दावी छ ।

सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने उनले बताए ।