टाँडीमा हिरासत भित्र युवक झुण्डिएको अवस्थामा, रत्ननगरमा गोली चल्यो, १५ बढी नियन्त्रणमा

चितवन । ईलाका प्रहरी कार्यालय टाँडी रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँच/सात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।

प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।

narayani online bata