क्रसर उद्योगका कारण खानेपानीको मुहान सुकेपछि गाउँमा पानीको हाहाकार

चितवन। चितवनको कालिकानगरपालिका वडा नं. ८ जुटपानी बजार नजिकै रहेको २ वटा खानेपानीको मुहानमै क्रसर उद्योग संचालनहुने भएको छ । सो क्रसर उद्योग संचालन गर्ने क्रममै खानेपानीको मुहान सुकेपछि गाउँमापानीको समस्याभएको छ । संचालनहुनलागेको क्रसर उद्योगको छेउमै कालिकानगरपालिका वडा नं. ६ मा रहेको मझुवाबुलबुले खानेपानीतथा सरसफाई उपभोक्ता संस्था र बाँसघारी मझुवाखानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको मुहान रहेको छ । मझुवाबुलबुले खानेपानीअन्तर्गत कालिका वडा नं. ६ का २ सय ३० घरधुरीले सो खानेपानीप्रयोग गर्दै आएका छन् । यस संस्थाअन्तर्गत २४ वटा धारा रहेको छ । सोहीखानेपानी स्थानीयआधारभूतविद्यालय गुराउचौरका विद्यार्थीहरुले समेत प्रयोग गरिरहेका छन् ।
त्यस्तै बाँसघारी मझुवाखानेपानीअन्तर्गत २ सय २२ घरधुरी र पृथ्वी मा.वि. का विद्यार्थीहरुले पानीखाइरहेका छन् । कालिका वडा नं. ८ को जुटपानी बजार नजिकैको सो खानेपानी मुहानबाट वि.संं. २०६० सालदेखि उनीहरुले खानेपानीखाँदै आएकाथिए । पानीको मुहाननजिकै क्रसर उद्योग संचालनको लागिभवनको जग खन्ने क्रममै खानेपानीको मुहान सुकेपछि गाउँमापानीको हाहाकार नै भएको छ । मनकामना क्रंक्रिट उद्योगनाममको संस्थामार्फत क्रसर उद्योग संचालन गर्न लागेको गाउलेहरुको आरोप छ । करिव १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगको डम्पिङको बालुवा गिटी ढुङ्गा र भवनको जग हेर्दा क्रसर उद्योग नै संचालन गर्न लागेको स्थानीयले बताए ।
सो भवनको जग खनेपछि धारामापानी १ हप्तादेखि नआएको र गाउँलेहरुले दुःखपाएको मझुवाबुलबुले खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाकाअध्यक्ष ज्ञानु कुमालले बताए । हिजोआजभने बल्लबल्लपानीचुहिएको छ । खानेपानी ८० प्रतिशत घटेको छ, उनले भने । हामीउपभोक्ताले सफा र स्वच्छ खानेपानीपाउनुपर्ने उनले बताए । सोही मुहानबाटै संचालित बाँसघारी मझुवाखानेपानीउपभोक्ता संस्थाकाधाराहरुमाभने १ हप्तादेखि पानी नआएपछि नजिकैको मन्दिरमा भएको इनारको पानी मोटरले तानेर गाउँलेहरुले खानबाध्यभएको समितिकी सचिवगोमा तिमल्सिनाले बताइन् । मोटरबाट पाइपलाइनमापानी पठाएर स्थानीयले पानीखाइरहेको उनको भनाइ छ । स्थानीयले बर्षौदेखि निशुल्कखाइरहेको पानीअचानकबन्दहुँदाआफू र गाउँलेहरु समस्यामा परेको उनले बताइन् । सो खानेपानीको मुहान सुकेपनि स्थानीयअगुवाहरु मुखै खोलेर क्रसर उद्योग बन्द गर्नुपर्छ भन्न सकेका छैनन् । राजनैतिक रुपमाक्रसर उद्योगमापहुँचवालाहरुको संलग्नता रहेकोलेउनीहरुलेपानीको मुहानको बारेमा खुलेर बोल्ने आँट गर्न नसकेको स्थानीयले बताए । क्रसर संचालकहरुले खानेपानीको अर्को विकल्पखोजेर उपभोक्ताले अनुरोध गरेमा बोरिङ खनिदिने बताएको र क्रसर भने सोही स्थानमा संचालन गर्ने बताएको एक स्थानीयले बताए । सो खानेपानीको मुहान छ भन्ने हामीलाई थाहाभएन, यहाँपानीको मुहान रहेछ, हामीबोरिङ खनिदिन्छौ भनेका छन्, उनले बताए । सो खानेपानीफनबोर्ड नेपालको सहयोगमा स्थानीयको आर्थिक र श्रमदानबाट संचालनमाआएको हो । कालिका वडा नं. ६, ७र १खानेपानीकालागि समस्याग्रस्त क्षेत्र समेत हुन् । यी वडाका वडावासीहरु अहिले पनि स्वच्छ खानेपानीखाननपाएर समस्यामा परिरहेका छन् ।