मनकामना दुग्ध सहकारीको आयोजनामा खुल्ला रक्तदान, ११ महिला सहित ५२ जनाले रगत दिए

चितवन । मनकामना दुग्ध उत्पादक सहकारी सस्था लि. कालिका -६ सुर्यपुरको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारी सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक उपाध्यक्ष रामचन्द्र सापकोटा रहेका थिए ।

कार्यक्रममा ११ महिला सहित ५२ जनाले रक्तदान गरेको सहकारी सस्थाका सहायक ब्यबस्थापक बिकास दहालले जानकारी दिए । सो अबसरमा कालिका वडा नं. ७ का वडा अध्यक्ष डिल्लिराम दवाडी , कार्यपालिका सदस्य दुर्गा सुबेदी, कालिका वडा नं. ६ का सदस्यहरू बालकृष्ण अधिकारी , दशरथ सापकोटा , सम्झना परियार ,रेडक्रस खोलेसिमल का सभापति गणेश शर्मा पौडेल, बिन्धेश्वोरी स्कुलका प्राचार्य भिम प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।