
डडेलधुरा। डडेल्धुरा जिल्लामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
धनगढीबाट बझाङका लागि छुटेको ना६ख १८३१ नम्बरको बस साहुखर्क नजिक दुर्घटनामा परेको हो ।
बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ । मृतककोे सनाखत भएको छैन ।