झण्डै एक वर्षपछि नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगायो, भोलि प्रज्ञा भबनमा घोषणा हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले जिल्ला अध्यक्ष सचिवहरूको टुंगा लगाएको हो ।
बैठकमा नेताहरूलाई सूची हेर्न भने दिइएको छैन ।सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको छ । बैठकमा तत्कालीन एमाले र माओवादीले कुन–कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन । बैठकमा नेता बामदेव गौतमलगायतले अध्यक्षद्वयसँग सूची मागेका थिए । सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्षले नदिएको एक सदस्यले बताए ।
टुंगिएको भागवण्डा अनुसार ४२ मा पूर्व एमाले र ३५ मा पूर्व माअोवदीले नेतृत्व पाएका छन । जिल्लाको नेतृत्व र भ्रातृ संगठनको नेतृत्व एकीरकण गराउने पहल करिब १० महिनापछि बल्ल सार्थक बनेको छ । नेकपाको स्थापना दिवसको अवसर पारेर भोलि प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुनेछ। अर्थात अध्यक्ष र सचिवको नाम त्यही कार्यक्रममा घोषणा गरिनेछ ।