चितवनमा एरिया ३ अन्तर्गत  लायन्स क्लबको क्याबिनेट डिक्लरेशन प्रोग्राम सम्पन्न 

चितवन । लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल अन्तर्गत यरिया ३ को क्याबिनेट डिक्लरेशन प्रोग्राम सम्पन्न भएको छ । भरतपुरमा शुक्रबार साँझ आयोजना भएको कार्यक्रम लायन बर्ष २०१९/२० का यरिया चिफ देबेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि पुर्ब डिस्टिक्ट गभर्नर प्रभात कुमार जोशी, बिशिष्ट अतिथि बर्ष २०१९/२० का लागि ईलेक्टेेड सेकेन्ड भाइस डिस्टिक्ट गभर्नर रामप्रसाद भट्ट, बर्ष २०१९/२० का लागि मनोनित यरिया चिफ प्रकाशचन्द्र भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा बर्ष २०१९/२० का लागि चयन भएका पदाधिकारी हरुको घोषणा पनि गरिएको थियोे ।
जस अन्तर्गत डिस्टिक्ट एडभाईजरहरु माधब पौडेल, शान्त पिया, ज्ञानु न्याेेपानेे, नारायणप्रसाद शर्मा, दीपेन्द्र खतिवडा, योगेन्द्रनाथ अधिकारी, सुरेश शर्मा, नवीन कंडेल, अशोक अधिकरी, प्रबिना श्रेष्ठ, केशव देवकोटा, राजेन्द्र गौतम, ऋषिराम पौडेल, युबराज क्षेत्री, नारायण सापकोटा र होम कुमार श्रेष्ठ चयन भएका छन ।
त्यस्तै होनोररी डिस्टिक्ट एडभाईजरहरु चिजकुमार मास्के, प्रेमकुमार श्रेष्ठ, बामदेब खनाल, चिरञ्जीवी श्रेष्ठ, निरकुमार पिया, श्रीनारायण पिया, दिपक राना, रेशमलाल श्रेष्ठ, र पदमलाल श्रेष्ठ रहेका छन ।
सिनियर डिस्टिक्ट एडभाईजरहरु खोमकान्त रेग्मी, डा.शारदा रेग्मी,  डा.उन्नत श्रेष्ठ, शुधा जोशी र शेखर अर्याल चयन भएका छन । साथै डिस्टिक्ट को-चिफ एडभाईजरहरु सिदार्थलाल चुके, गणेेश दाहाल, हरि घिमिरे, दिनानाथ न्याेेपानेे, नबराज सापकोटा, कमल प्रसाद श्रेष्ठ र भोलानाथ पौडेल चयन भएको बर्ष २०१९/२० का लागि मनोनित यरिया चिफ प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।
३२५ बि २ नेपाल अन्तर्गत यरिया ३ को क्याबिनेट सेक्रेटरी उमाकान्त पौडेल र डिस्टिक्ट मिडिया प्रोग्राम को-अडिनेटर शिशिर सिंंखडा  चयन भएको यरिया चिफ भट्टराईले जानकारी दिए ।
त्यसैैगरि सोही कार्यक्रममा डिस्टिक्ट चिफ ९ जना, एम्बेस्डर अफ गभर्नर १० जना, यरिया चिफ को अडिनेटर १, प्रोग्राम चिफ ६, रिजन चियर पर्सन १३, को यरिया चिफ ३, जोन चियर पर्सन २६, डिस्टिक्ट को-अडिनेटर ३२, प्रोग्राम को-अडिनेटर २१, डिस्टिक्ट चियर पर्सन ३ जनाको समेत घोषणा गरिएको थियो ।
यस अगाडि नै अर्थात चैत २ गते लायन बर्ष २०१९/२० का लागि बुुटवलमा भएको निर्वाचनबाट डिस्टिक्ट गभर्नरमा अनुप कुमार पहारी, प्रथम डिस्टिक्ट भाइस गभर्नरमा शम्भु नकर्मी र सेकेन्ड भाइस डिस्टिक्ट गभर्नर रामप्रसाद भट्ट चयन भैै सकेेका छन ।