आर्थिक अभावका कारण चितवनको तेक्वान्दो कबर्ड हल निर्माण सम्पन्न गर्न समस्या, सहयोगका लागि अध्यक्षजोशीद्वारा अनुरोध


चितवन । पुर्बी चितवनको रत्ननगर स्थित देबौलीमा निर्माणाधिन चितवन जिल्ला तेक्वान्दो कबर्ड हल आर्थिक अभावका कारण निर्माण सम्पन्न गर्न समस्या भएको छ । ७५ फीट लम्बाई र ३३ फीट चौडाई भएको सो हल निर्माण सम्पन्न गर्न करीब २५ लाख रुपैया लाग्ने चितवन जिल्ला तेक्वान्दो संघ कबर्ड हल निर्माण समितिका संयोजक पुष्पराज जोशीले बताए ।

गत ६ महिना अगाडि देखि निर्माण कार्य थालिएकाे हलको छाना छाउने सम्मको काम गर्दा करिब १५ लाख खर्च भएको उनले बताए । हल भित्र बनाउनुु पर्ने कुनै पनि पुर्बाधार बनाउन सकिएकाे छैन , उनको भने । संघ सङ रहेको ३ लाख र स्वदेशी तथा बिदेशी दाताहरुको सहयोगबाट यो कबर्ड हल हालको अबस्थामा आई पुगेको निर्माणाधिन कबर्ड हल तर्फ देखाउदै उनले भने ।
तेक्वान्दो खेलको प्रचुर सम्भावना रहेको चितवनमा हाल सम्म कुनै पनि आफ्नै खेल मैदान र खेल खेल्ने हल नभएकोमा उनले चिन्ता समेत व्यक्त गरे । चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जोशीले तेक्वान्दो खेल चितवनमा शुरु भएको ३० बर्ष नाघिसकेको समेत बताए । ३० बर्षको इतिहासमा १० हजार भन्दा बढी ब्ल्याक बेल्ट र सो भन्दा माथीका खेलाडी उत्पादन गरेको चितवनमा खेल खेल्ने आबस्यक पुर्बाधार नहुनु दु:खद रहेको उनको भनाई थियो ।
यथेष्ट पुर्बाधारको अभावमा पनि चितवनका खेलाडी हरुले थुप्रै रार्ष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार  हासिल गरेको समेत उनलेे बताए । रत्ननगरमा नीर्माणाधिन हल नीर्माण सम्पन्न गर्न सके आफ्नै भबन मा रार्ष्ट्रिय खेलहरु खेलाउन सकिनुका साथै नियमित ब्यायाम र तालिम दिन सहज हुने जिल्ला अध्यक्ष जोशीले बताए । चितवन जिल्ला देश कै मध्य भागमा रहेकाले यो हल निर्माण गर्न सके जिल्ला र आसपासका तेक्वान्दो खेल प्रेमी हरुले समेत यो हलबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।
सो नीर्माणाधिन हलको पुर्ब अर्थमन्त्री  एवं प्रतिनिधि सभाका सांसद सुरेन्द्र पाण्डे र प्रदेश सभाका सांसद कृष्ण खनालले पनि केहि दिन अगाडि निरीक्षण समेत गरेको उनलेे बताए ।
सो कार्य सम्पन्न गर्न अब करिब १० लाख रुपैया खांचो रहेको समितिका काेषाध्यक्ष धन बहादुर दराइले  बताए । खेल प्रेमी स्वदेशी तथा बिदेशी सहयोगी दाता एवं सरकारबाट सो हल निर्माणकालागि  सहयोग गरिदिन अध्यक्ष जोशीले सबैलाई अनुरोध समेत गरेका छन ।
सो भबन निर्माण समितिमा रहेका उपाध्यक्ष गोपाल श्रेष्ठ , सचिव प्रदीप श्रेष्ठ , काेषाध्यक्ष धन बहादुर दराइ , सदस्य हरु सिलोन बराल, रन्जित ढकाल, बिक्रम श्रेष्ठ ,रन्जन तामाङ ले समेत सो हल निर्माण गर्न दिन रात नभनि सहयोग गरेको जोशीले बताए ।