चितवन महिला चेम्बर अफ कमर्सको अध्यक्षमा अनुषा पाठक मनोनित

चितवन । चितवन चेम्बर अफ कमर्सले आफ्नो संघठन बिस्तारको क्रियाकलापलाई द्रुत गतिमा अगाडी बढाएको छ । सोही क्रममा चितवन महिला चेम्बर अफ कमर्सको अध्यक्षमा अनुषा पाठक मनोनित हुनुभएको छ ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले सस्थाको बिधानको परिधिभीत्र रहि अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै पाठकलाई महिला चेम्बरको अध्यक्षमा चयन गरेको जानकारी दिनुभयो । पाठकलाई चितवन जिल्ला भित्रका महिला उद्योगी व्यवसायीहरुलाई समेट्दैं यथाशिघ्र कार्यसमति विस्तार गर्न समेत निर्देशन दिईएको छ । साथै महिलाहरू ब्यबसायि र उद्धमिहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु संचालन गर्न समेत निर्देश गरिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायमा संलग्न पाठक भरतपुर १० स्थित अनुष्का रेस्ट्रो कि संचालक हुन् । उहाँ बिभिन्न सामाजिक संघसंस्थामा समेत कृयाशिल हुनुहुन्छ । चितवन चेम्बर अफ कमर्स जिल्ला समितिको सदस्य समेत रहनुभएकी पाठकको मनोनयन बाट महिला उद्योगी व्यवसायीहरुको हक हित संरक्षणमा लागि महत्वपुर्ण काम हुनेमा आफू बिश्वस्त चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले बताउनुभयो । चितवन चेम्बर अफ कमर्सले अहिले जिल्लाका बिभिन्न नगरपालिका र गाउपालीकामा समेत आफ्नो संगठन विस्तार गरिरहेको छ ।