चितवनको कालिका-८ गैरीबारीचोकमा निशुल्क पशु स्वास्थ्य शिविर


चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ८ गैरीबारीचोकमा पशुहरुको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.,हेफर इन्टरनेशनल नेपाल भरतपुर र महिला समुह समन्वय समिति कालिका ८ को सयुक्त आयोजनामा भएको सो शिविरमा २ हजार २ सय ५२ वटा बाख्रा,५२ वटा गाई,भैसी,९ वटा सुंगुर र ६५० वटा लोकल कुखुराको स्वास्थ्य परीक्षण गरि पशुहरुलाई प्रयोग हुने औषधि किसानहरुलाई हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा १७८ जना किसानका पशुपंछीहरुको परीक्षण गरिएको संस्थाकी व्यवस्थापन जुना लामाले जानकारी दिइन । लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का उपाध्यक्ष जगकुमारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं ८ का वडाध्यक्ष इमप्रसाद अधिकारी,पशु विकास शाखा प्रमुख सिताराम मरहठ्ठा,हेफर इन्टरनेशनल नेपालका डा.मुक्ति भण्डारी,कार्यक्रम अधिकृत सकुन्तला रसाइली,महिला समुह समन्वय समितिकी अध्यक्ष गोमादेवी भट्टराई,कार्यक्रम संयोजक सिता पौडेल,शिविर संयोजक लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.शिविर संयोजक संगिता सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।