चितवनमा सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता हुदै

चितवन । चितवनको रत्ननगरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर कप भलिवल प्रतियोगिता हुने भएको छ । आयोजक पञ्चरत्न युवा क्लवले यही चैत २४ गतेदेखी २८ गते सम्म संचालन हुने प्रतियोगिताको बारे मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा भारत,वंगलादेशबाट एक एक टिम तथा नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ स्पाईकर,उत्कृष्ट सेटर,उत्कृष्ठ डिफेन्स,उत्कृष्ठ सर्भर,उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५,५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव घिमिरेले वताए । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सल्ल्लाहाकार शालिकराम खड्काले सरकारी लगानी वाहेक निजी क्षेत्रले आयोजना गर्न लागेको यो प्रतियोगिता ठुलो रहेको वताए । निजी क्षेत्रले आयोजना गरेको प्रतियोगिता मध्ये रत्ननगरको ठुलो हो परिषदका सल्लाहाकार खड्काले भने – यसलाई व्यवस्थित र वृहत वनाउन राखेपले वार्षिक क्यालेण्डरमा पार्न सहयोग गर्छ । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको क्लवका अध्यक्ष उमेश केसीले जानकारी दिए । वैरिया माध्यमिक विद्यालयको चौरमा हुने प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको दावी छ ।