एसईई परिक्षामा २ जना परिक्षा निरीक्षक निष्काशित १ विद्यार्थीको परिक्षा रद्ध

विराटनगर । मोरङको एकै परिक्षा केन्द्रबाट मोवाइलबाट चिट चोर्ने एक परिक्षार्थीको आजको परिक्षा रद्ध गरिएको छ भने दुई निरिक्षक निष्काशित भएका छन् । प्रहरीका अनुसार मोरङको धनपालथान गाउँपालिका ६ मा रहेको सरस्वती माध्यामिक विद्यालय दादरबेरिया एसईई परीक्षा केन्द्रले २ जना परिक्षा निरीक्षकलाई निष्काशित गरेको छ ।

१ परिक्षार्थीको आजको परिक्षा रद्द गरेको छ ।परिक्षा हुदै गर्दा परिक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परिक्षार्थी ऐश्वरी राईलाई मोवाइलबाट चिट चोरिरहेकोअवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारेपछी उनको आइतबारको परिक्षा रद्द गरेको जनाएको छ । साथै सोही परिक्षा केन्द्रमा खटिएका शिक्षक संजय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादीत तरिकाले परीक्षा गराएको भन्दै एसईई परिक्षा अवधीभर परिक्षा निरीक्षकबाट हटाएको छ ।