होलीमा तरुण दल रत्ननगर नगर समितिको शुभकामना कार्यक्रम

रत्ननगर । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल रत्ननगर नगर समितिले बुधवार होली पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । चितवनको सौराहाका एक कार्यक्रमको आयोजना गरी तरुण दलले होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा तरुण दलले माउ पार्टी नेपाली काँग्रेसलाई बलियो बनाउन संगठन विस्तारको लागि सक्रिय भएर लाग्ने तरुणहरुलाई आग्रह गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सदस्य तथा तरुण दल जिल्ला विभाग प्रमुख प्रलाद सापकोटाले चार्ड पर्वमा हुने विकृति रोक्न युवा तरुणहरु सशक्त भएर लाग्नु पर्ने बताए । उनले प्रतिपक्षमा रहेको माउ पार्टी नेपाली काँग्रेसलाई बलिया बनाउने तर्फ युवाहरु क्रियाशिल भएर लाग्न निर्देशन दिए ।

नेपाल तरुण दल रत्ननगर नगर समितिका अध्यक्ष राजु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर ५ झुवानीमा नेपालकै नमुना पार्क निर्माणको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जल सम्पदा तथा वातावरण कोषका सदस्य श्याम थपलियालाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर विकास समितिका संयोजक दीपक पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।