वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका वालवालिकालाई छात्राबृत्ती

चितवन ०६ चैत । जर्मन स्थित एक संस्थाले अभिभावक विहीन १३ जना वालवालिकालाई शिक्षाको लागि छात्राबृत्ती वितरण गरेको छ । राष्टिय प्रकृति संरक्षण कोष सौराहा मार्फत नेपाल बाल सहायता संघ जर्मनले रत्ननगरका १३ जना वालवालिकालाई छात्राबृत्ती रकम सहयोग गरेको हो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिका वालवालिकालाई प्लस २ सम्म अध्ययन गराउने घोषणा गरी छात्राबृत्ती स्वरुप रकम हस्तान्तरण गरेको हो । कोषको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बाल सहायता संघ जर्मनकी अध्यक्ष हाइकीले चालु शैक्षिक सत्रका लागि बुधवार जनही १९ हजार २०० रुपैया हस्तान्तरण गरिएको हो । यस भन्दा तिनै १३ जना वालवालिकाको शिक्षाको लागि अघि चालु शैक्षिक सत्रकै लागि जनही २० हजार रुपैया प्रदान गरिएको कोषका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए । मानव र वन्यजत्तुको द्धन्द्धका कारण समाजमा वन्यजन्तुको बारेमा वितृष्णा पैदा हुन नदिन वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिका छोराछोरीको शिक्षाका लागि आर्थिक सहयोग गरिएको अर्यालले बताए । कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले वन्यजन्तु पीडित परिवारका छोराछोरीलाई शिक्षाका लागि विदेशी संस्थाले गरेको सहयोगले संरक्षणको क्षेत्रका ठुलो योगदान हुने बताए । श्रृजन महतो,स्विकृति महतो,लक्ष्मण तामाङ,राम तामाङ,आशिका तामाङ,प्रिन्सु महतो,रोमन महतो,राजिव महतो,सुजन श्रेष्ठ,सक्षक चौधरी,जीवन चौधरी,ज्योति चौधरी र प्राप्ती चौधरीलाई बुधवार छात्राबृत्री रकम वितरण गरिएको हो । ति वालवालिकाहरु रत्ननगर वडा नं ५,७,८ र ९ का हुन । जर्मन नेपाल हेल्प एशोसियसनका अध्यक्ष राम थापा प्रमुख अतिथि रहेको सो कार्यक्रम राष्टिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । छात्राबृत्ती दिन अभिभावक सहित वालवालिकाहरु कोषको कार्यालयमा पुगेका थिए ।