रत्ननगरका जनप्रतिनिधि र कर्मचारीलाई साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण

रत्ननगर ०५ चैत । रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई साइवर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । सुचना प्रविधि मार्फत कार्यसम्पादनमा आइपर्ने समस्या र त्यसले निम्त्याउने खतराको विषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रशिक्षण दिइएको हो । कार्यक्रमको मेयर नारायण वनले उद्घाटन गरेका थिए । सो अबसरमा उनले प्रविधिको प्रयोग गर्दा हुन फाइदा र बेफाईदाको विषयमा हरेक व्यक्ति जानकार हुन आवश्यक रहेको बताए । प्रविधिको प्रयोग गरेर काम गर्दा सर्तक रहन आग्रह गर्दै मेयर वनले प्रविधिको क्षेत्रका ठुला ठुला समस्या आउने भएकाले कार्यसम्पादनमा ख्याल गर्नुपर्ने बताए । उपमेयर विमला दुवाडीले सुचना प्रविधिले व्यक्तिमा भाषागत कमजोरीका कारण पनि साइवर अपराधमा पर्न सक्ने खतरा रहेको औल्याउदै प्रविधिको प्रयोगमा सचेत हुन आवश्यक रहेको बताइन । कार्यक्रममा आइटी विशेषज्ञहरु अरुणकुमार मास्के,शुलभ अधिकारी र विपु ओझाले साइवर अपराध र सुरक्षाका वारेमा सहजीकरण गरेका थिए भने कार्यक्रममा आइटी अफिसर रवि तिवारीले रत्ननगर नगरपालिकाले सुचना र प्रविधिको विकासको लागि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य तथा नगरपालिकाका कर्मतचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुचना प्रविधिको क्षेत्रका योगदान पुर्याएको भन्दै आइटी विशेषज्ञहरु अरुणकुमार मास्के र शुलभ अधिकारीलाई सम्मान गरिएको थियो ।