
बलिउडमा सिक्वेल फिल्म बनाउने लहर नै चलेको छ। यही क्रममा २००२ मा बनेको फिल्म ‘आँखे’ को सिक्वेल बनाउने तयारी भइरहेको छ। यो फिल्मलाई लिएर बलिउडमा निकै चर्चा चलेको छ।
‘आँखे २’ मा अमिताभ बच्चनको मुख्य भूमिका रहने छ भने नायिकाका रुपमा ज्याकलिन फर्नान्डिजले अभिनय गर्नेछिन्। अहिले फिल्मको कास्टिङको काम भइरहेको छ।
फिल्म ‘आँखे’ मा नायिकाको भूमिका सुस्मिता सेनले निभाएकी थिइन्। उनका साथै अक्षय कुमार, अर्जुन रामपाल, परेश रावलले पनि मुख्य भूमिका निर्वाह गरेका थिए। सिक्वेलमा भने धेरै कलाकार परिवर्तन गर्न लागिएको निर्माण पक्षले जनाएको छ।
‘आँखे २’ का निर्देशक अनिज बाजमीले ज्याकलिनलाई नायिकाको रुपमा अफर गर्दा उनी निकै उत्साहित भएकी थिइन्।
यो फिल्ममा परेश रावललाई पनि एउटा भूमिकाका लागि अफर गरिएको बताइएको छ।