स्वरूपराज को नयाँ गीत ‘हेर्दा हेर्दै’सार्वजनिक

चितवन ०१ चैत । चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको नयाँ गीत “हेर्दा हेर्दै”युट्युब मार्फत सार्वजनिक भएको छ । गीतलाई मार्च १४ तारिखका दिन चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
चक्रपाणि तिमल्सिनाको शब्द र संगीत रहेको गीतमा कुमार थापाले संगीत संयोजन गरेका छन् । संगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मित्र लामाहुन् । ध्वनी सम्पादन तथा मास्टरिङ पनि लामाले गरेका छन । गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ । भिडियो सम्पादन किशोर खनालले गरेका छन् ।