मकवानपुरमा बर्ड फ्लू भेटियो, सर्तकता अपनाउन किसानलाई आग्रह

मकवानपुर ३० फागुन । मकवानपुरमा बर्ड फ्लू देखिएको छ । किसान कुल प्रसाद चौलागाईंको पालेका लेयर्स कुखुराको परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो ।

छिमेकी जिल्ला मकवानपुरमा बर्ड फ्लू भेटिएपछि चितवनका कुखुरापालक किसानहरु सर्तक हुनुपर्ने देखिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि गरेका छन् । मकवानपुरमा बर्ड फ्लू भेटिएपछि उच्च सर्तकताको अपनाउन जिल्ला प्रशासन कार्यालयले कुखुरापालक किसानलाई आग्रह गरेको छ ।

उपभोक्ता अधिकारकर्मी, सुरक्षाकर्मी र प्राविधिक सहितको बैठकले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । बर्ड फ्लु नभएको क्षेत्रमा पनि सचेतता अपनाउन अपिल गरिएको छ ।