मकवानपुरको थाहा नगरपालिकामा ट्रकमा आगजनी

मकवानपुर ३० फागुन । उत्तरी मकवानपुरको त्रिभुवनराजपथ अन्तर्गत थाहा नगरपालिका –४ नयाँगाउँमा नचिनेको समूहले ट्रकमा आगजनी गरेका छन् । काठमाण्डौबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकम रहेको चालकसहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन् । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ ।