चितवनमा सिलिण्डर बम विस्फोट, वडा कार्यालय ध्वस्त

चितवन २९ फागुन । भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा मंगलवार राती शक्तिशाली सिलिण्डर बम बिस्फोट हुँदा वडा कार्यालय ध्वस्त भएको छ । अज्ञात समुहले गराएको बिस्फोटले तोरीखेतमा रहेको कार्यालय क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसींह राठौरले जानकारी दिए । राती साढे १२ बजेतिरको समयमा बम विस्फोट भएका हो । वडा कार्यलय भवन ध्वस्त भएको छ । घटनामा मानविय क्षति भएको छैन । शक्तिशाली सिलिण्डर बम बिस्फोट गराइएको रहेछ ’ राठौरले भन्नुभयो । बिस्फोट लगत्तै आगलागी भएको थियो । घटना थाहा पाए लगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको थियो । बिस्फोट कस्ले गराएको नखुलेको प्रहरीले जनाएको छ ।