बुटवल । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले सिके राउतसंगको सहमतीपत्र नै नपढी अपरिपक्क प्रतिक्रिया सार्वजानीक गरेको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापतिले हचुवा र हतारमा प्रतिक्रीया आएको बताउनु भयो ।

सरकार र स्वतन्त्र मधेस समुह बिच भएको सहमती लगत्तै कांग्रेस सभापति देउवा र प्रवक्ता बिश्व प्रकास शर्माले सहमतीलाई सकारात्मक भन्दै प्रतिक्रिया ब्यक्त गरेका थिए । तर त्यसको भोलि पल्ट देखि नै अन्य कांग्रेस नेताहरुले सहमतीको बिरोध गर्दै आएका छन् ।
उहांले राउतसंगको सहमतीले सरकारले राष्ट्रिय अखण्डता माथी नै प्रहार गरेका बताउंदै सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको आरोप लगाउनु भयो । नेपालमा पृथकताबादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीबाट दुश्प्रचार भईरहेको पौडेलको भनाई छ ।
सरकारका काम कारवाहीको विषयमा धारणा राख्दै नेता पौडेलले वाइडवडी काण्डमा तत्कालिन पर्यटन मन्त्री राविन्द्र अधिकारी निर्दाेश रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार भएको टीप्पणी गर्नुभयो ।
उहांले देशमा भष्ट्राचार मैलाउदै गएको भन्दै सूनकाण्ड देखि लिएर चिनी काण्ड सम्म सरकार असफल भएको अरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस !