चितवन। यशोदा फुड्स प्रा.ली ले चितवनको टांडीमा अवस्थित बकुलहर मावि मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त मावि को आयोजना र यशोदा फुड्सको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। बीहीबार भएको कार्यक्रममा कक्षा नौं मा अध्ययन गर्ने छात्र संतोष उपाध्यायलाई नगद रु पाँच हजार छात्रवृत्ति रकम सहित एक पेटी करेन्ट चाउचाउ झोला टोपी कपी कलम प्रदान गरिएको थियो।
उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्ने र शैक्षिक अभियानको रुपमा विभिन्न विद्यालयहरुमा पुगि विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने र विद्यार्थीहरुलाइ चाउचाउ खाने सहि तरिका पनि सिकाउने गर्दै आइरहेको कुरा यशोदा फुड्स कि जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनु भयो ।कार्यक्रमका सभापति विद्यालयका प्रधानाध्यापक कमला ढकाल र प्रमुख अतिथि जनप्रतिनिधि बाबुराम गौतम तथा विशिष्ट अतिथि लायन्स अन्तर्राष्ट्रिय रिजन चियर पर्सन सुरेश आचार्यले सहि मात्रामा र सहि तरिकाले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने भन्दै प्रायोजक यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कम्पनीका एरिया म्यानेजर ईश्वर सिलवाल, कम्पनीका प्रतिनिधि शुसील तीवारी जन सम्पर्क सहायक अनु शर्माले बिद्यालयलाई मायाको चिनो प्रदान गर्नु भएको उक्त कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक भोजराज पौडेलको स्वागत र नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !