खैरहनी २२ फागुन । पूर्वी चितवनको खैरहनीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बुधवार देखी सुरु भएको छ । खैरहनी नगरपालिका आफैले पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरेको हो । तीन दिन सम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका बीच खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटन गर्दै उपमेयर थपलियाले खेलकुदले मानसिक र शारीरिक विकासमा मद्यत पुग्ने वताईन् । प्रतियोगिताको पहिलो दिन विभिन्न दुरीका दौड भएका छन् छन् कवड्डी,भलिवलको पहिलो चरणका खेलहरु भएका छन् । छात्र १५ सय मिटर दौडमा खैरहनी मावि प्रथम,खैरहनी माविनै द्धितिय र सैनिक आवासीय महाविद्यालय तृतिय भए । छात्रा १५ सय मिटर दौडमा खैरहनी माविनै पहिलो हुँदा कंकाली मावि द्धितिय र तृतिय भएका खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी हिम शर्माले जानकारी दिए । यस्तै ४ सय मिटर छात्र दौडमा डेजी वोडिङ प्रथम,सैनिक आवासीय महाविद्यालय द्धितिय र तृतिय भयो । छात्रा तर्फ सोही मिटर दौडमा जनजीवन मावि,कंकाली मावि र गवै मावि क्रमस प्रथम ,द्धितिय र तृतिय भएका शर्माले वताए । सटफुट छात्र तर्फ ग्लोसाईन एकेडेमी प्रथम,खैरहनी मावि द्धितिय र डेजी वोडिङ तृतिय हुँदा छात्रा सटफुटमा जनजीवन मावि प्रथम, कंकाली मावि द्धितिय र तृतिय भयो । प्रतियोगिता अन्र्तगत विहीवार रिले दौड र भलिवल र कवड्डीका दोश्रो चरणका खेलहरु हुनेछन् । खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी हिम शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खैरहनी ६ का वडाध्यक्ष रामशरण पाण्डे, नगर शिक्षा समिति सदस्य प्रेम रिमाल,खैरहनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज डल्लाकोटी,जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल शर्मा,चितवन एथलेटिक्स संघका अध्यक्ष मानवहादुर मगर, नगरपालिकाका प्रशासकीय अधिकृत प्रकासचन्द्र पौडेल, नगर प्याव्सन अध्यक्ष टेकराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !