प्रचलित :

चितवन, माघ २७ । वैदिक आयुर्बेदिक सेवा प्रा लि नारायणगढ र लायन्स क्लब अफ चितवन कालिकाे संयुक्त आयाेजनामा बिध्यार्थीहरूलाई निशुल्क झाेला बितरणा गरिएकाे छ । पुर्बी चितवनकाे कालिका ६ जमुनापुरमा रहेकाे जमुनापुर माबिमा अध्ययनरत सय जना बिध्यार्थीलाई कपि तथा किताब बाेक्ने झाेला सहयाेग गरिएकाे हाे ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम अम्गांईकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि वैदिक आयुर्बेद सेवा प्रा लिका म्यानेजर भागवत लामिछाने, डाक्टर सुरज पन्त, क्लबका अध्यक्ष शिशिर सिंमखडा, बिध्यालयकी प्राचार्य गीता हुमागाई, जनएकता उपभोक्ता सहकारी संस्थाका अध्यक्ष नीलकण्ठ लामिछाने, क्लबका डाईरेक्टर हरि प्रसाद भण्डारी, सदस्य महादेब प्रसाद हुमागाई लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसैगरि साे आयुर्बेद संस्थाले आजनै ईच्छाकामना गाँउपालिकाकाे वडा नम्बर ७ मा रहेका राष्ट्रिय माध्यमिक बिध्यालय गर्दासका सय जना बिध्यार्थीहरूलाई पनि निशुल्क झाेला सहयाेग गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !