चितवन । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बिभत्स तरिकाले बलत्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गर्न सफल भएको छ ।
बालिक बलात्कार गर्नेमा बारा जिल्ला घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरी रहेका छन् । उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमखु प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।
अस्मिता (नाम परिर्वन) लाई मदिरा सेवन गरेका दुई युवाले बलात्कार गरेको डिएसपी ज्ञवालीले जानकारी दिए । ती दुई युवाले बालिकालाई पालैपालो विभत्स रुपमा बलत्कार गरे भागेका थिए । बलात्कारको सूचना पाएपछि डिएसपी निधिले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै युवाहरुलाई पक्राउ गरेको डिएसपी ज्ञवालीले बताए ।
“हामी महिला हिसां अन्त्यका लागि सधै कटिबद्ध छौँ”, उनले भने, “पीडितबाट घटनाभएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाइ पक्राउ गर्न सफल भएका हौँ ।” घटना अपरान्ह चार बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएको ज्ञवालीले बताए । पीडितकी आमाका अनुसार एउटैघरमा भाडामा बस्दै आएका ती व्यक्तिहरुले यसरी बिभत्स तरिकाले छोरीलाई बलात्कार गरेको भन्दै आक्रोशित बनेकी छिन् । उनले दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गरिन् ।
रत्ननगर टाँडी प्रहरीले पछिल्लो पटक हिँसा र अपराधक घटनाहरुलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । तैपनि यस्ताखालका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने गरिएको छ । डिएसपी ज्ञवालीका अनुसार यो वर्षभित्र यस्ता बलात्कारका सात घटनामा संलग्ल लाई कारबाही गरिएको छ ।
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer