चितवन, २५ माघ ।
पूर्वी चितवको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको सिद्धि विनायक आवासीय मा.वि. को वार्षिकोत्सव एवम् अभिभावक दिवश कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यालयद्वारा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरिएको थियो ।

सोही कार्यक्रममा विद्यार्थीहरुले तयार पारेको विज्ञान प्रदर्शनी, गणित प्रदर्शनी, आर्ट एण्ड क्राफ्ट प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुले जनचेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए । अभिभावक दिवशकै अवसरमा विद्यार्थीहरुले गीत, संगीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

उनीहरुले विभिन्न जातजाती, भेषभुषा सहितको प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ४ का छात्र उज्वल भुषालले आफ्नो महत्वपूर्ण कला प्रस्तुत गरेका थिए । त्यस्तैगरी कक्षा नर्सरीका विमर्श लामिछानेले मादल बजाई आफ्नो कला देखाएका थिए । कार्यक्रममा कक्षा १ का विनय पाण्डे, कक्षा ५ की स्मृति दाहालले कविता वाचन गरेका थिए ।


सिद्धि विनायक आवासीय मा.वि. अभिभावक संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष लिला बहादुर गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, शिक्षा शाखा प्रमुख रमेश घिमिरे, संस्थागत विद्यालय शिक्षक अभिभावक संघका जिल्ला अध्यक्ष सूर्यकान्त न्यौपाने, राप्ती नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति रामकृष्ण लम्साल, कालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, प्याब्सन रत्ननगरका अध्यक्ष पूर्ण बहादुर पुरी, सिद्धि विनायक आवासीय मा.वि.का प्राचार्य विष्णुमणि लामिछाने, सहायक प्राचार्य साजन थापा मगर लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस !