शिशिर सिंखडा,१८ माघ, चितवन । पूर्वी चितवनको रत्ननगर ८ रमाइलो डाँडामा भोली (शनिबार) लायन्स फेलोसिप तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पूर्वी चितवनमा रहेका १९ वटा क्लवको संयुक्त आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपाल अन्तर्गतका ९७ वटा क्लवका सदस्यहरुको कार्यक्रममा सहभागीता रहने छ । कार्यक्रममा लायन्सहरुबीच घैटो फुटाई कार्यक्रम, म्युजिकल चेयर कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम समेत हुने लायन्स क्लवका एरिया को–चिफ कृष्णलाल श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका डिस्ट्रिक्ट गभर्नर सुनिल ओझा, क्याबिनेट सेक्रेटरी उमंग देवकोटा, चिफ डिस्ट्रिक्ट एडभाइजर रामप्रसाद भट्ट लगायतको पनि उपस्थिती रहने छ । त्यस्तैगरी रिजन र जोनका पदाधिकारी, क्लवका अध्यक्ष, पदाधिकारीहरुका साथै लायन्स सदस्यहरुको सो कार्यक्रममा उपस्थिती रहने छ । कार्यक्रममा ५ सय जना भन्दा बढी लायन सदस्यहरुको सहभागीता रहने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !