रत्ननगर, चितवन ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय आधारभूत विद्यालय जमुनापुर ‘क’ मा आजबाट विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । स्थानीय जमुनापुर हेल्थ सोसाइटीका संरक्षक राजेन्द्र थापा र कृष्टा थापाको समन्वयमा सो सोसाइटीले विद्यालयका कक्षा १ देखि ५ सम्मका ९० जना विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था मिलाएको हो ।
स्थानीय विपन्न वस्तीको माझमा रहेको सो विद्यालयमा दिवा खाजा कार्यक्रम पश्चात् विद्यार्थीहरु निरन्तर पढ्न आउने देखिए पछि सो कार्यक्रम लागु गरिएको संस्थाका अध्यक्ष रविन्द्र जङ्ग थापाले जानकारी दिए । सो विद्यालयको ३०औं वार्षिकोत्सव, अभिभावक दिवश, दिवा खाजा शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आजैदेखि १ वर्षका लागि सो कार्यक्रम लागु गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, वडा नं. १२ का वडा अध्यक्ष बिर बहादुर पाख्रिन, रत्ननगर नगरपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद शर्मा पौडेल, जमुनापुर हेल्थ सोसाइटीका अध्यक्ष रविन्द्र जङ्ग थापा, विद्यालयका शिक्षक विष्णु प्रसाद पौडेल लगायतले कार्यक्रममा आ–आफ्ना भनाइहरु व्यक्त गरेका थिए ।
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Recent Updates
- भरतपुर–१९ मा एमालेका तामाङ विजयी
- पोखरा महानगर: प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेका गुरुङ अगाडि
- शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी
- काठमाडौँ महानगर: ७ नंबरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक
- कालिकामा एमालेका उम्मेदवारहरु बिजयी पछिको र्याली (फोटो फिचर)
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer