चितवन । गणेशस्थानलाई धाम बनाउने अभियानका साथ भोलीबाट सुरु हुन लागेको धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को अवसरमा आज राजनैतिक दल समन्वय समितिको बैठक बसेको छ ।
सो अवसरमा प्रदेश सासंद विजय सुवेदीले आफ्नो ठाँउलाई आफैले बनाउने हुदा सबै वर्ग, जातजाती, धर्म, पेशा र राजनीतिक दलका सबै एक जुट हुन आवश्यक रहेको बताउनु भएको छ । सुवेदीले मंसिर महिनाको काम गणेशधाम आफ्नो ठाँउ आफै बनाउ भन्ने उदेश्य लिइएर सबै लाग्न आग्रह गर्नुभएको छ ।
त्यसैगरी नेकपाका नेता यम बहादु परियारलेसामुदायीक वनसंग जोडीएको क्षेत्रभएकाले कानुनी प्रकृया पुरा गरेर विवाद रहित हिसावले काम गर्न सुझाव दिनु भएको छ । यता नेकपाका नता तेजेन्द्र बहादुर खड्काले गुरुयोजना अत्यन्त राम्रो तयार भएको भन्दै यो योजनाले स्थानिय जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने खालको बनाउन सुझाव दिनु भएको छ ।
बैठकमा गणेस्थान मन्दिर संरक्षण तथा सम्र्बदन समितिका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक दिनेशकुमार चुकेले गणेशधामको बृहत गुरुयोजनाको प्रोजेक्ट बाट स्पष्ट पार्दै धनधान्याञ्चलको बारेमा जानकारी दिनुभएको थियो । साथै सबै राजनीतिक दलको सकारातमक सहयोगको अपेक्षा रहेको बताउनुु भयो ।

महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तीव्रताका साथ काम गरिरहेको छ । तयारी पुरा भएको समेत अध्यक्ष चुकेले जानकारी दिनु भयो । बिहान सात वजेबाट सुरु हुने शोभायात्रा र्यालीमा सहभागि भैदिन पनि अध्यक्ष चुकेले सबैलाई आग्रह गर्नुभएको छ ।
प्रदेश तिनका मुख्य मन्त्रि डोरमणी पौडलले उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ बिघामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !