शिशिर सिंखडा
चितवन । कालिका नगरपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमका बिच केरा किसानहरुलाई राहत वितरण गरिएको छ । गत बैसाख १७ गते उच्श्रृंखल व्यक्तिहरुद्वारा कालिकाका १२ जना किसानहरुको केरामा क्षति भएको थियो।
कालिका नगरपालिका तथा चितवन केरा उत्पादक संघद्वारा आयोजित राहत वितरण कार्यक्रममा यस क्षेत्रका १२ जना किसानहरुलाई राहत रकम उपलब्ध गराइएको थियो ।
नगरपालिकाको तर्फबाट किसानलाई प्रति बोट रु. ५० का दरले र संघको तर्फबाट प्रति बोट रु. ३३ का दरले राहत रकम हस्तान्तरण गरिएको थियो । किसानका ३ हजार ९४ बोट केराको राहत रकम एक कार्यक्रका बिच हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ र चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले संयुक्त रुपमा किसानहरुलाई राहत रकम प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, कालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञ प्रसाद सुवेदी, विष्णुहरि पन्त, केरा किसान कोपिला दाहाल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष घननाथ महतोको अध्यक्षतामा भएको थियो ।
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer