प्रचलित :

चितवन । रत्ननगर ५ मा रहेको झुवानी माविका अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई स्कुल पोसाक र स्टेशनरी वितरण गरिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञावली र आरआर सप्लायर्सका सञ्चालक राजु लामाले १३ जना विद्यार्थीहरुलाई स्कुल पोसाक, जाडोमा लगाउने स्वीटर,टोपी र कापी कलम सहयोग गरेका हुन ।

 

 

 

 

 

विद्यालयका शिक्षक रामचन्द्र चौधरी र स्थानीय सन्ते चौधरीको सहजीकरणमा आयोजित कार्यक्रममा डिएसपी ज्ञावली र वडा अध्यक्ष कृष्ण महतोले विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर नेपाली,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जोगेन्द्र महतो,बछौली रेडक्रसका सभापति सुवास विडारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष महतोको अध्यक्षतमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !