काठमाडौं ।
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा
स्वर सम्राट नारायण गोपाल भौतिक रुपमा संगीतप्रेमीहरुमांझ नरहे पनि उनका कालजयी आवाजहरुले हरेक संगीतका पारखीहरुलाई नारायाण गोपालको स्मरण गर्न बाध्य बनाउ“छ । स्वर सम्राट गोपाल भौतिक रुपमा देवशान भएको २८ वर्ष भइसकेपनि उनका स्वर आज पनि उत्तिकै लोकप्रिय छ ।
नेपाली गीत, संगीत क्षेत्रका शिखर पुरुष नारायाण गोपालको २८ वर्ष अघि २०४७ साल मंसीर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपाल सांगितिक क्षेत्रका सर्वाधिक सफल एक गायक पनि हुन, त्यसैले नारायाण गोपाल भौतिक रुपमा संगीतप्रेमीहरुसंग नरहे पनि उनका कालजयी आवाजहरुले हरेक संगीतका पारखीहरुलाई नारायाण गोपालको स्मरण गराउछ । एउटा मान्छेको मायाले, मत लाली गुरास भएछु , मलाई नसोध कहा दुख्छ घाउ , मोहनी लाग्ला है, केहि मीठो बात गर , यो सम्झीने मन छ , जस्ता सयौं कालजयी गीतमा आवाज भरेर सबै सर्जक र श्रष्टाको मन मुटुमा बस्न सफल स्वर सम्राट नारायाण गोपाललाई राष्ट्रकवि माधव प्रसाद घिमिरेले यसरी सम्झीए ।
बुबा सितार बादक आशा गोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सुपुत्रको रुपमा नारायण गोपाल विक्रम सम्बत १९९६ असोज १८ गते वुधवार काठमाण्डौमा जन्मिएका थिए । अजम्वरी गीत÷संगीतमा सदा स्मरणीय रहेका गुणशाली तथा ख्यातिप्राप्त गायक÷संगीतकार नारायण गोपालले स्वरसम्राटको उपाधि जनस्तरबाट नै पाएका थिए ।
नारायण गोपालले लोकशैली नलिई शास्त्रीयतामा आधारित आधुनिक गीतको शुरूवात गरेका थिए । नेपाली आधुनिक सांगीतिक जगतमा नारायण गोपालको प्रवेश भएपछि गीत, संगीतको स्वर्णिम युगको शुरूआत भएको मानिन्छ ।
नारायण गोपालले आफनो लागी मात्रै नभई अरुको लागि पनि संगीत गर्नुभएको इतिहास साक्षि छ । राष्ट्रीयता र राष्ट्रीय पोशाकका पक्षपाति नारायण गोपालको २०२६ सालमा दार्जलिङकी पेमला लामासंग अन्र्तजातिय विवाह भएको थियो ।
नेपाली गीतसंगीत जगतमा नारायण गोपाललाई सदावहार गायक रुपमा आज पनि लिने गरिन्छ । उनका गीत सबै उमेरका मानिसहरुले उत्तिकै मन पराउने गर्दछन् ।
यो सम्झीने मन छ म बिर्सू कसरी
तिमी नै भनीदेउ हे जाने निष्ठुरी ।