चितवन ।  रेडियो भरतपुर १०५.२ मेगाहर्जले स्थापना भएको एक वर्षको अवसरमा विभिन्न कार्यक्रमहरुको साथ प्रथम वार्षिकोत्सव मनाउन गइरहेको छ ।

आज ग्लोबल होटल,चौबिसकोठीमा सम्पन्न पत्रकार सम्मेलनमा वार्षिकोत्सवका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिेएको हो ।स्थापनादेखि आम श्रोता, शुभचिन्तक, शुभेच्छुकहरुको सल्लाह,सुझाव अनुसार कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको रेडियोले आफ्नो गौरवमय प्रथम वार्षिकोत्सवका अवसरमा समुदायमुखि कार्यक्रमहरु तय गरिएको रेडियोका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलले बताउनु भयो ।

वार्षिकोत्सवका अवसरमा यही मंसिर २४ गते मानव सेवा आश्रम,भरतपुर–१२ मा रहेको मानव सेवा आश्रमका बालबालिकालाई सम्मान तथा भोजन कार्यक्रम,२५ गते महिला हिंसा विरुद्ध जागरण कार्यक्रम गरिने छ ।

त्यस्तै मंसिर २८ गते कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता र २९ गते बिद्यालयस्तरीय नृत्य प्रतियोगिता संचालन हुनेछ । पौष ३ गते कृषकसंग रेडियो भरतपुर कार्यक्रम हुनेछ भने पौष ७ गते भरतपुर आत्मिय साँझ कार्यक्रम हुनेछ ।

नारायणगढको होटल सेन्ट्रल पाम होटलमा हुने सो कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त कुटुम्ब समूह लगायतको सांगितिक प्रस्तुति रहनेछ ।

रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलकोे अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा रेडियोका कार्यकारी निर्देशक सि पि सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थिया भने स्थापनाको छोटो समयमा आफुहरुलाई श्रोताको माया अथाह मिलेको र आगामी दिनमा थप नयाँ कार्यक्रमहरु समेत घोषण गर्दै अगाडी बढ्ने रेडियोको स्टेशन ईन्चार्ज माधव सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस !