चितवन । लायन्स क्लव अफ चितवन कालिकाको फेलोशिप, गेटटुगेदर तथा पिकनिक कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । क्लवलाई पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै मेयर श्रेष्ठलाई शनिबार सो सम्मान गरिएको हो ।
क्लवका अध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खुमनारायण श्रेष्ठ, विशिष्ट अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका डिस्ट्रिक्ट चिफ एडभाइजर राम प्रसाद भट्ट, सिनियर डिस्ट्रिक्ट एडभाइजर दिनानाथ न्यौपाने, जोन चेयर पर्सन भिष्म प्रसाद खनाल, क्लवका संस्थापक अध्यक्ष बिनोद रेग्मी, क्लबका सचिव सिपि अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा द्वितीय उपाध्यक्ष शितल काजी श्रेष्ठले ध्वजाको अभिवादन गराएका थिए ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेयर खुमनारायण श्रेष्ठ, कार्यक्रम संयोजक सुदर्शन अधिकारी र क्लवका संस्थापक अध्यक्ष बिनोद रेग्मीलाई डिस्ट्रिक्ट चिफ एडभाइजर राम प्रसाद भट्टले लायन्स पिन लगाई सम्मान समेत गरेका थिए ।

साृही अवसरमा क्लबका नयाँ सदस्य हिम्मत पुरीलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा क्लवका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।
क्लवले यस अगाडि विभिन्न सामाजिक क्रियाकलाप अन्तर्गत खोलेसिमल बजार, जुटपानी बजार सरसफाई, ट्राफिक सचेतना तथा लागुऔषध दुव्र्यसनी न्यूनीकरण सम्बन्धि कार्यक्रम, वृक्षारोपण कार्यक्रम, कालिका नगरपालिकाको पर्यटकीय क्षेत्र सिन्ती झरनाको सरसफाई लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !