चितवन । भरतपुर महानगरपालिका–११ मा गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए । ‘विकास निर्माणका लागि यहाँका स्थानीयहरु आफै जागरुक हुनुपर्छ’,मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेशका हरेक जिल्लामा यस्तै एउटा महत्वपूर्ण काम गर्नुपर्छ ।’
गणेश धाम आगामी पुस्ताले सम्झन लायक कामका रुपमा स्थापित हुने उनले बताए । ‘फलानो पुस्ताले यस्तो सुन्दर काम गरेको थियो, भन्ने इतिहास बनाएर छोड्नुपर्छ’,उनले भने, ‘जीवनमा एकपटक यस्तो महत्वपूर्ण जिम्मेवारी पाइन्छ ।’ गणेशस्थान क्षेत्र अवलोकन गर्दा सुन्दर र सम्भावनायुक्त ठाउँ देखेको मुख्यमन्त्री पौडलले बताए । प्रदेश सांसद विजय सुवेदी र मन्दिरका अध्यक्ष दिनेशकुमार चुकेको नेतृत्वमा समयमै धाम निर्माण हुने उनको विश्वास छ ।
यस्तै प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गणेशधाम क्षेत्रका सामुदायिक वनहरुमा उत्पादनमूलक फलफूलका विरुवा रोप्न आग्रह गरे । उनले गणेशधामलाई हरियाली बनाउन कृषि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तीव्रताका साथ काम गरिरहेको छ ।
महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ बिघामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Recent Updates
- पोखरा महानगर: प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेका गुरुङ अगाडि
- शुक्लाफाँटा नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेस विजयी
- काठमाडौँ महानगर: ७ नंबरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक
- कालिकामा एमालेका उम्मेदवारहरु बिजयी पछिको र्याली (फोटो फिचर)
- प्रा जोशीको सात दशकको अनुभव: ‘अमेरिकाले अकल्पनीय विकास गर्यो’
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer